Thursday 21 January 2016

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

मलाई रहर लाग्यो
मलाई कर लाग्यो
मैले सपना देखें
मेरो गाउको याद आयो
मैले बिपनामा सोंचे!

त्यो धुले बाटो
त्यो सर्पे गोरेटो
ति खेतका गरा र आलीहरु
छन् के त् ति खोल्सा र नालाहरु?
















मेरो मुटु दुख्यो
मेरो छाती भकान्यो
ति सानाका गोठाले साथीहरु
कति स्वर्ग लागे, कति बसै गए
छ के त् कोइ मलाई चिन्ने?

मार्बल र फिन्श्यो को खोपी
मालिंगा को मुरली
गैरीटiर र वारांगमा
जानी नजानी नारायण गोपाल गाउने
छन् के त् मेरा साथी हरु?

मेरो जिज्ञासा बढ्यो
मेरो भावना खेल्यो
पिता मरेका टुहुरालाई
आमा खसेको बालकलाई
माया र सानुभुती दिने
कस्ती भैन मेरी दिदि र माइजुहरु?

मेरो भक्कानो छुट्यो
मेरा आँखा रोए
मेरी स्वास्नीले भनिन
प्रिये भोलि बिहानै
हामी गाउँ जौ!